
काठमाडौं । रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म विभिन्न जिल्लाबाट ९३९ शव फेला परेका छन् ।
प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित चितवनमा २७९ शव फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ ।
साँझसम्मको तथ्यांकअनुसार तीन हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन् ।

























