सुनचाँदीको मूल्य घट्यो

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार ११:०६
घट्यो सुनको मूल्य  

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ५ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला ३ लाख ६ हजार १ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य सोमबार तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ४ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×