मोरङमा कस्मेटिक सामानभित्र लुकाएर ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध बरामद

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १३:४१

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ धनापट्टीस्थित नेपाल–भारत सीमा नाकाबाट कस्मेटिक सामानभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा मंगलबार ५ हजार क्याप्सुल लागुऔषध सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) धनापट्टीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक जना व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिन खोजेको थियो । मन्दिरको साइटतर्फको बाटो हुँदै टाउकोमा झोला बोकेर नेपाल प्रवेश गर्दै गरेका व्यक्ति सशस्त्र प्रहरीलाई देखेपछि झोला छाडेर भारततर्फ फरार भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए ।

Advertisement

उनका अनुसार सशस्त्र प्रहरीले उक्त झोला खोलेर चेकजाँच गर्दा कस्मेटिक सामानभित्र लुकाएर राखिएको अवस्थामा २५ सय क्लारियो र २५ सय ट्रामाडोल गरी ५ हजार क्याप्सुल लागुऔषध फेला परेको हो । बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । फरार भएका ती व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
इप्पानद्वारा प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग
इप्पानद्वारा प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
राष्ट्रियसभाबाट भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित
राष्ट्रियसभाबाट भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित
मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
सगरमाथा आधार शिविरमा मानवीय गतिविधिले हिउँ पग्लने क्रम बढ्दो
संसद बैठक बुधबारः भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस हुने
दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली नेपाल पठाउने
मोरङमा कस्मेटिक सामानभित्र लुकाएर ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध बरामद
भन्सार अधिकृतको शव फेला
दुहबीमा उद्योगको निर्माणाधीन भवनबाट लडेर कामदारको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×