
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सोमबार विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाही तथा जरिवाना असुलका लागि मोरङ जिल्ला अदालत, विराटनगरमा बुझाएको जनाएको छ ।
प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका चार जना, अभद्र व्यवहारका पाँच जना, चेक अनादरका एक जना, चोरी मुद्दाका एक जना, सवारी ज्यान मुद्दाका एक जना, बैंकिङ कसुरका एक जना, बैंकिङ तथा वित्तीय कारोबार कसुरका एक जना र अंगभंग मुद्दाका एक जना पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई अदालतको फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

























