इप्पानद्वारा प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ १६, मंगलबार १५:३७
इप्पानद्वारा प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग गरेको छ ।

इप्पानका अध्यक्ष मोहन डाँगीलगायत पदाधिकारी तथा प्रतिनिधिले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

गत भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको इप्पानले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.