
विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलको आयोजना र विराटनगरस्थित ब्राइट भिजन ल कलेजको सहकार्यमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलेज परिसरमा आयोजित कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थी तथा अन्य रक्तदाताहरूको सहभागिता रहेको कार्यक्रममा लायन लीला ढुंगेलले ९३औँ पटक रक्तदान गरेका छन् । नियमित रक्तदान गर्दै आएका ढुंगेलले यसपटक पनि रक्तदान गरेर सामाजिक सेवामा निरन्तरता दिएका छन् ।
कार्यक्रममा लायन्स क्लबका मल्टिपल काउन्सिल मेम्बर लीला ढुंगेल, डिष्ट्रिक्ट ३२५ सीका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रमेश खत्री, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर उदय नारायण बराल, डिष्ट्रिक्ट ट्रेजरर मीना ढुंगेल, डिष्ट्रिक्ट चिफ एड्भाइजर शिव रिजाल, ब्राइट भिजन ल कलेजका प्राचार्य चुडामणि आचार्य तथा अध्यक्ष विष्णु पोखरेललगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, लायन्स क्लबका क्षेत्र प्रमुख, क्षेत्र समन्वयकर्ता, रिजन प्रमुख, जोन अध्यक्षलगायत विभिन्न पदाधिकारीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।रक्तदान कार्यक्रममा सहभागी हुँदै ढुंगेलले ९३औँ पटक रक्तदान गरेका हुन् ।
नियमित रक्तदानले आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न सहयोग पुग्ने भएकाले रक्तदानलाई सामाजिक सेवाको महत्वपूर्ण कार्यका रूपमा लिइन्छ । लायन देवकीनन्दन अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लायन प्रकाश शर्माले गरेका थिए ।

























