सुनसरीको अलनुर मस्जिदद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १८:३५
सुनसरीको अलनुर मस्जिदद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग

सुनसरी । प्राकृतिक विपत्तिका कारण मुलुकमा परेको संकटको घडीमा सुनसरीको बर्जु गाउँपालिकास्थित एक मस्जिदले आर्थिक सहयोग प्रदान गरेको छ । बर्जु गाउँपालिका–५, नहर टोलमा रहेको जामे अलनुर मस्जिदले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ हजार रुपैयाँ जम्मा गरेको हो ।

बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मस्जिद परिवारले उक्त रकम प्रदान गरेको बताइएको छ । मस्जिदका अध्यक्ष निजम अन्सारीले विपद्को कठिन परिस्थितिमा नागरिकलाई सानो भए पनि सहयोग पुर्‍याउनु सामाजिक र मानवीय धर्म भएको बताउँदै उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिए ।

Advertisement

‘विपद्को यस कठिन घडीमा सहयोग र सहकार्यलाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्न हामी सदैव प्रतिबद्ध छौं,’ मस्जिद समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ उद्योग व्यापार संघको ६९ औँ साधारण सभा: उत्कृष्ट उद्योगहरू सम्मानित
मोरङ उद्योग व्यापार संघको ६९ औँ साधारण सभा: उत्कृष्ट उद्योगहरू सम्मानित
भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग
भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १६० जनाको अवस्था अज्ञात
गोसाइँकुण्ड गएका इलामका दम्पती भोटेकोशी बाढीपछि सम्पर्कविहीन
गोसाइँकुण्ड गएका इलामका दम्पती भोटेकोशी बाढीपछि सम्पर्कविहीन
बाढीले ६ हजारभन्दा बढी निजी घर बगाएको सरकारी अनुमान
संखुवासभाका अलपत्र सडकमा कोशी प्रदेश सरकारको कडाइ, ‘अब म्याद थपिन्न’
गहुँको समर्थन मूल्य तोक्न सुनसरीदेखि कञ्चनपुरसम्म अध्ययन
गहुँको समर्थन मूल्य तोक्न सुनसरीदेखि कञ्चनपुरसम्म अध्ययन
सुनसरीको अलनुर मस्जिदद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग
सुनसरीको अलनुर मस्जिदद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग
सानो उमेरमा ठूलो मन : आदर्श माविका विद्यार्थीले जुटाए राहत रकम
‘कृष्ण मेरो कल्पनामा’ चित्रकला प्रतियोगिता: एभरेस्ट स्कुलको वर्चस्व
‘कृष्ण मेरो कल्पनामा’ चित्रकला प्रतियोगिता: एभरेस्ट स्कुलको वर्चस्व
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×