सुनचाँदीको मूल्यमा भारी गिरावट

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार ११:०२
सुनको मूल्यमा भारी वृद्धि 

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ८ हजार ८ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रूपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलाको ३ लाख ६ हजार १ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ७० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ४ हजार ५ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला ४ हजार ७ सय ५० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×