अपहरणपछि भारत पुर्याएर बालकको हत्या

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १२:१३

काठमाडौं । बाराका एक बालकको अपहरणपछि भारत पुर्याएर हत्या गरिएको छ । प्रहरीका अनुसार विश्रामपुर गाउँपलिका–३ मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको भारतमा हत्या भएको हो ।

बारा प्रहरीका सूचना अधिकारी डीएसपी मीनबहादुर घलेका अनुसार बिहार मोतिहारी जिल्ला नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदीमा मृत अवस्थामा बालकको शव फेला परेको हो । उनी भदौ ९ गते घरबाट एकाएक हराएका थिए ।

Advertisement

घलेका अनुसार खोजीको क्रममा ती बालकको शव नदीमा भेटिएपछि भारतीय प्रहरीको समन्वयमा अनुसन्धान सुरु गरिएको थियो । यस क्रममा अपहरणपछि हत्या आरोपमा विश्रामपुर–३ कै १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

ती किशोरले विश्रामपुरस्थित घरबाटै अपहरण गरी भारतमा लगेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको घले बताउँछन् । ‘घटनापछिको अनुसन्धानमा ती किशोरले भारत लगेर हत्या गरेको देखिन्छ । हत्या गर्नुको कारण स्पष्ट खुलिसकेको छैन,’ उनले भने ।

किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’
भोटेकोशी बाढीबारे तत्काल वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव
भोटेकोशी बाढीको त्रासदी संसदमा सुनाउँदै प्रधानमन्त्री, ‘यो पीडा सिंगो देशको हो’
बाढीपीडितलाई थप साढे ६ करोड
सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला
काँकडभिट्टा नाकामा तस्करमाथि ‘गोप्रो’को नजर, सशस्त्रले बढायो प्रविधिमार्फत निगरानी
मोरङ कारागारको ‘ए ब्लक’का कैदीबन्दीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग
अपहरणपछि भारत पुर्याएर बालकको हत्या
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×