
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा १ सय ४५ रुपैयाँले बढेको छ। बुधबारको तुलनामा बढेर चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ५१ रुपैयाँ तोकिएको छ ।



















