बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ११:०६

काठमाडौं । बाढी तथा पहिरोका कारण काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति असहज बनेसँगै बजारमा मूल्यवृद्धि चर्किएको छ । पछिल्लो एक सातामै चामल, चिनी, खानेतेललगायतका वस्तु तथा फलफूलको मूल्य उल्लेख्य रूपमा बढेको व्यवसायीले बताएका छन् । उपत्यकाबाहेक अन्य जिल्लामा पनि उपभोग्य सामग्रीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् ।

खुद्रा व्यवसायीका अनुसार थोकमै मूल्य बढेर आएकाले उपभोक्तालाई महँगोमा सामान बिक्री गर्नुपर्ने अवस्था छ । थोक व्यवसायीले सडक अवरुद्ध र ढुवानीमा समस्या भएका कारण मूल्य बढेको बताउने गरेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

Advertisement

चिनीको हकमा थोक व्यवसायीले बिल दिनसमेत आनाकानी गर्ने गरेको तुलाधरको आरोप छ । उनका अनुसार बिल नलिँदा प्रतिकिलो १२० रुपैयाँमा चिनी पाइने भए पनि बिलसहित खरिद गर्न खोज्दा समस्या हुने गरेको छ । ‘अहिले सरकारले चिठ्ठा कार्यक्रम ल्याएपछि बिल माग्ने क्रम बढेको छ। हामीले ग्राहकलाई बिल दिनुपर्छ, त्यसैले होलसेलबाट पनि बिल माग्नुपर्ने हुन्छ,” तुलाधरले भने, “तर होलसेलले बिल दिँदैनन्। बरु चिनी नै छैन भन्न थालेका छन्।’

खाना पकाउने तेलको मूल्य पनि पछिल्लो एक सातामा कार्टुनमै ४ देखि ५ सय रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन् । सन्फ्लावर तेलको एक कार्टुनको मूल्य अघिल्लो सातासम्म २ हजार ८ सय रुपैयाँ थियो । अहिले ब्रान्डअनुसार केही फरक भए पनि करिब ५ सय रुपैयाँ बढेर ३ हजार ३ सय रुपैयाँसम्म पुगेको छ ।

खुद्रामा सन्फ्लावर तेल प्रतिलिटर ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म पुगेको छ । तोरीको तेलको मूल्य पनि प्रतिलिटर ३ सय ७५ देखि ४ सय रुपैयाँसम्म पुगेको व्यवसायीको भनाइ छ । चाडपर्व नजिकिँदै गर्दा बढी खपत हुने चिनीको मूल्यमा समेत ठूलो वृद्धि भएको छ । भारतबाट चिनी आयात हुन नसकेको र स्वदेशी उद्योगको मौज्दात घट्दै गएपछि बजारमा अभाव देखिएको व्यवसायी बताउँछन् ।

गत सातासम्म थोकमा प्रतिकिलो ११५ र खुद्रामा १२० रुपैयाँ रहेको चिनीको मूल्य यो साता सुरु हुँदा १२५ रुपैयाँ पुगेको थियो । बुधबारसम्म आइपुग्दा खुद्रा बजारमा प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको छ । तर १६० रुपैयाँ तिर्न तयार हुँदा पनि चिनी नपाउने अवस्था रहेको उपभोक्ताको गुनासो छ । चामलको मूल्य पनि ब्रान्डअनुसार प्रतिबोरा ३ सयदेखि ४ सय रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन् ।

यसअघि २० किलोको एक बोरा चामल २ हजार ३ सय रुपैयाँमा पाइने गरेकोमा अहिले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ। ३० किलोको चामलको मूल्य पनि प्रतिबोरा करिब २ सय रुपैयाँसम्म बढेको छ । नेपाल चामल, तेल, दाल उद्योग संघले भने उद्योगले मूल्य नबढाएको दाबी गरेको छ । ढुवानी लागत बढेका कारण उपभोक्तासम्म पुग्दा वस्तुको मूल्य केही बढेको हुन सक्ने संघको भनाइ छ ।

भोटेकोशी बाढीपछि पृथ्वी राजमार्गसमेत प्रभावित हुँदा काठमाडौं उपत्यका र उत्तरी जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन बढाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि बजार अनुगमनका लागि १० टोली परिचालन गरेको छ भने थप ६ टोली खटाउने तयारी गरेको जनाएको छ । ती टोलीले नियमित अनुगमनका साथै उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा पनि बजार अनुगमन गर्ने मन्त्रालयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×