
विराटनगर । मोरङ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय मोरङबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका १५ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा आआफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालत र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विराटनगर–६ का प्रमोदकुमार स्वर्णकारलाई चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकिएको थियो ।
त्यस्तै, जुवा मुद्दामा सजाय सुनाइएका विराटनगर महानगरपालिका–२ का १० जना पक्राउ परेका छन् । जसमा ३७ वर्षीय राघव बियानीलाई ५ हजार, ३९ वर्षीय विनीत लावतीलाई ५ हजार, ३८ वर्षीय शेर सिंह दुगडलाई ५ हजार, ३९ वर्षीय बलराम भन्ने हेमबहादुर खत्रीलाई ५ हजार, ४९ वर्षीय महेश राठीलाई ५ हजार, ४९ वर्षीय सुशील मुन्धडालाई ५ हजार, ४९ वर्षीय पवनकुमार शर्मालाई ५ हजार, ५० वर्षीय बासु भन्ने नीरज राठीलाई ५ हजार र ४७ वर्षीय बजरंग राठीलाई ५ हजार जरिवाना हुने फैसला भएको छ । त्यस्तै, ७० वर्षीय वंशीकुमार राठीलाई १० हजार रुपैयाँ जरिवानाको फैसला कार्यान्वयनका लागि बुझाइएको छ ।
त्यसैगरी, अभद्र व्यवहार मुद्दामा विराटनगर–४ का २३ वर्षीय सुगम भन्ने शुभम केशरीलाई ४ हजार, विराटनगर–६ का ४२ वर्षीय बब्लु भन्ने सहिद हुसेनलाई ४ हजार, विराटनगर–३ का ३० वर्षीय कृष्ण पोखरेललाई ५ हजार र विराटनगर–८ का ३७ वर्षीय संजय मण्डललाई ४ हजार रुपैयाँ जरिवानाको फैसला कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।



















