
काठमाडौं । बाढीपीडितका लागि भन्दै आफ्नै क्युआर कोडमार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गरिदिने भन्दै आफ्नै क्युआरमार्फत रकम संकलन गरेको प्रहरीले जनाएको छ ।
केसीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



















