अस्ट्रेलिया भ्रमण: नेपाल  ‘ए’ दक्षिण अस्ट्रेलियासँग पराजित

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १३:०९
अस्ट्रेलिया भ्रमण: नेपाल  ‘ए’ दक्षिण अस्ट्रेलियासँग पराजित

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल  ‘ए’ टोलीले आफ्नो दोस्रो एक दिवसीय अभ्यास खेलमा भारी पराजय व्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाली टोली दक्षिण अस्ट्रेलियासँग १३८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

दक्षिण अस्ट्रेलियाले दिएको २६० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा मात्र १२१ रनमा समेटियो । नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रनको योगदान दिए । उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

Advertisement

त्यस्तै, मयान यादवले २०, दीपक डुम्रेले १८ र ओपनर अनिल साहले ११ रन जोडे । अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्न दक्षिण अस्ट्रेलियाका तीव्र गतिका बलर स्पेन्सर जोन्सनले ३ विकेट लिए । क्याम्पबेल थम्पसनले २ तथा हेडन शिलर, हानो ज्याकब्स र लाचलान बाङ्सले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५९ रन बनाएको थियो । उसको लागि डाउट्जी हुगेनबोजमले सानदार शतकीय इनिङ्स खेले । उनले १२२ बलको सामना गर्दै ४ चौका र ५ छक्काको मद्दतमा १११ रन बनाए ।

त्यस्तै, लाचलान बाङ्सले ४२ र जेर्सिस वाडियाले २९ रनको योगदान दिए । नेपालका लागि बलिङतर्फ राशिद खानले २ विकेट लिए । रिजान ढकाल, पवन सर्राफ, लोकेश बम र नारायण जोशीले समान १–१ विकेट लिए ।

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल  ‘ए’ को यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको थियो । नेपाली टोली अस्ट्रेलियाका स्थानीय क्लब र राज्य टोलीहरूसँग एक्सपोजरका लागि अभ्यास खेल खेल्न त्यहाँ पुगेको हो

तपाइको प्रतिक्रिया
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×