वडाध्यक्षको जाहेरीका आधारमा पत्रकार तेजन खड्का पक्राउ

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १३:३३

विराटनगर । मोरङको उर्लाबारीका पत्रकार तेजन खड्कालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–७ की वडाध्यक्ष उर्मिला थापाको किटानी जाहेरीका आधारमा खड्का पक्राउ परेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध स्टाटस लेखेको भन्दै थापाले प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर खड्कालाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

Advertisement

खड्का ब्रेक एण्ड लिंक्स (बीएल)मा कार्यरत पत्रकार हुन् । उर्लाबारीबाट पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी कार्यालय थप अनुसन्धान अघि बढाउने जानकारी मिश्रले दिए ।

खोलाको बगरमा युवा समूहले खेलमैदान बनाउन लागेपछि ऊर्लाबारी नगरपालिका–७ को वडा कार्यालयले काम रोकेको थियो । झाडी उखालेर सबै सफा पारिसकेको अवस्थामा पार्क बनाउने भन्दै वडाले अवरोध गरेपछि युवाहरु विरोधमा उत्रिएका थिए ।

लागुऔषध सेवनकर्ताको अखडा बनेको ठाउँमा खेलमैदान बनाउन खोज्दा वडाले रोकेको भन्दै विरोध भएको हो । त्यही सन्दर्भलाई लिएर पत्रकार खड्काले ‘मैदान र पार्क नभएर रेड लाइट एरिया बनाउनु, कमिसन आउँछ’ भन्ने आशयको स्टाटस लेखेका थिए ।

उनको स्टाटसमाथि आपत्ति जनाउँदै वडाध्यक्ष थापाले विद्युतीय अपराधसम्बन्धी कसुरअन्तर्गत जाहेरी दिएकी हुन् । सोही जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×