सुनसरीमा भन्सार छलीको मल र सुर्तीजन्य पदार्थ बरामद

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १६:४८

विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको युरिया मल र सुर्तीजन्य पदार्थ प्रहरीले सुनसरीमा बरामद गरेको छ ।

प्रहरीका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय देवानगन्ज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट १ लाख ६६ हजार ३ सय रुपैयाँ बराबरको १२८ बोरा युरिया मल बरामद गरेको हो । भारतबाट भन्सार छली ल्याएर लुकाइछिपाइ राखिएको अवस्थामा मलसँगै को ५ प ९१२० नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवा नगरपालिका–४ बसचोकबाट भन्सार छलीको १ लाख २ हजार रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा पुनः झडप, थप १८ कैदीबन्दी अन्य जिल्लामा स्थानान्तरण
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
प्रमाण नष्ट गर्न खोजेको आरोपमा स्ववियु सभापति यादव पक्राउ 
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
'हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ' (सम्बोधनको पूर्णपाठ)
‘हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ’ (सम्बोधनको पूर्णपाठ)
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
भोटेकोशीले खोस्यो छोरी–नातिनी, विराटनगरबाट बाटो हेर्दै ८४ वर्षीया आमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×