जनकपुर बोल्ट्सबाट अलग भए उत्सव सिग्देल

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार २०:०८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले टोली तथा ड्रिम स्पोर्ट्स प्रालिबाट अलग भएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सिग्देलले तत्काल लागू हुने गरी टोलीको सञ्चालन, व्यवस्थापन, प्रशासन र वित्तीय कारोबार लगायतका सम्पूर्ण जिम्मेवारीबाट आफू बाहिरिएको बताएका हुन् । अब जनकपुर बोल्ट्स वा ड्रिम स्पोर्ट्सको कुनै पनि निर्णय, सम्झौता वा दायित्वमा आफ्नो संलग्नता र जिम्मेवारी नरहने उनले स्पष्ट पारेका छन् ।

Advertisement

उनले आफ्नो नाम प्रयोग गरेर फ्रेन्चाइजको तर्फबाट कुनै पनि आधिकारिक सञ्चार वा कारोबार नगर्न समेत सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । टोलीबाट अलग भए पनि नेपाली खेलकुदको विकासमा आफ्नो योगदान भने निरन्तर रहने उनले उल्लेख गरे ।

एनपीएलको तेस्रो सिजन सुरु हुन करिब ५० दिन बाँकी रहँदा सिग्देलको यो घोषणा आएको हो । पहिलो सिजनको विजेता जनकपुरले यस पटक अमेरिकाका हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ भने जिम्मी निशमलाई टोलीमा पुनः अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स दोस्रो सिजनमा भने आठौँ स्थानमा सीमित भएको थियो ।

तपाइको प्रतिक्रिया
जनकपुर बोल्ट्सबाट अलग भए उत्सव सिग्देल
बाढी प्रभावित बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु
बाढी प्रभावित बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु
न्यायाधीश नियुक्तिको सम्पूर्ण अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छ: डा. विपिन अधिकारी
राधाकृष्ण रथयात्राको भिडमा प्रहरीको ‘एक्सन’, १७ जनामाथि अनुसन्धान हुँदै
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास, भदौ २३ गते सार्वजनिक बिदा
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास
सेनासँग मिल्दोजुल्दो संरचना बनाएको ‘ग्रीन आर्मी’को कानुनी अस्तित्व समाप्त
बालेनको अमेरिका भ्रमणमा ११ जनाभन्दा बढी नहुने, महासभामा जलवायु विपद्को मुद्दा उठाउने
पत्रकार महासंघ मोरङले तीज कार्यक्रमको खर्च भोटेकोशी बाढी पीडितलाई दिने 
राप्रपाका महामन्त्री पाठकद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा
राधाकृष्ण रथयात्रामा उठ्यो २ लाख ८२ हजार भेटी, भोटेकोशी बाढीपीडितका लागि पठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×