कोशीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ०८:१०

विराटनगर । पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।

आइतबार राति ८:१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक पानीको बहाव थियो । ब्यारेज नियन्त्रण कक्षका अनुसार त्यसयता केही घटबढ भइरहेको छ । केही बेरअघि गरिएको मापनमा ब्यारेज भएर करिब १ लाख ९५ हजार पानीको बहाव छ ।

Advertisement

सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५२ वटा मूल ढोका र चारवटा नहरका गरी ५६ ढोकामध्ये २७ वटा खोलेर पानीलाई निकास दिइएको छ ।

बहाव बढेसँगै कोशी ब्यारेजमा सतर्कतासूचक रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको छ ।

सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ । नदीको पानीको सतह तथा बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले कोशी नदी आसपासका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
इलामका प्रनिश राई यू–१५ राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोटमा
इलामका प्रनिश राई यू–१५ राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोटमा
कर्जा असुलीमा ऋणीमाथि दबाब नदिन गृहको निर्देशन
जलविद्युत आयोजनाका सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने
'हात्ती करिडोर नीति' फिर्ता लिन झापालीको माग
‘हात्ती करिडोर नीति’ फिर्ता लिन झापालीको माग
रसुवा बाढीमा ज्यान गुमाएका १ हजार ३५५ जनाको शव फेला, करिब ५ हजार सम्पर्कविहीन
धनकुटामा १४८ नयाँ उद्योग दर्ता, पुराना १५१ वटा बन्द
मुटुको उपचार गराइरहेका टेम्पो चालक तामाङलाई मजदुर संगठनको सहयोग
मुटुको उपचार गराइरहेका टेम्पो चालक तामाङलाई मजदुर संगठनको सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई सरकारको पुनरुत्थान प्याकेज
बाढी प्रभावित क्षेत्र पुगे राष्ट्रपति पौडेल
देश भोटेकोशी बाढीको शोकमा, राष्ट्रिय झन्डा आधा झुकाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×