देश भोटेकोशी बाढीको शोकमा, राष्ट्रिय झन्डा आधा झुकाइयो

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १२:२०

काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकको सम्मानमा सोमबार नेपालभर राष्ट्रिय शोक दिवस मनाइएको छ ।

बाढीमा ज्यान गुमाएकाहरूप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्दै देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ । सिंहदरबारस्थित विभिन्न मन्त्रालय तथा सरकारी निकायका कार्यालय परिसरमा पनि राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।

Advertisement

सरकारले भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेपछि देशभरका सरकारी कार्यालय, सार्वजनिकस्थल तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइएको हो ।

काठमाडौंसहित विभिन्न जिल्लाका सरकारी कार्यालय तथा सार्वजनिकस्थलमा राष्ट्रिय झन्डा आधा झुकाएर मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले पनि राष्ट्रिय शोकमा सहभागिता जनाउँदै झन्डा आधा झुकाएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । बाढीबाट प्रभावित परिवार, आफन्त तथा समुदाय अहिले पनि पीडामा छन् ।

राष्ट्रिय शोक दिवसका अवसरमा बाढीमा ज्यान गुमाएका नागरिकको योगदान र परिवारजनको पीडाप्रति सम्मान व्यक्त गरिएको छ । राष्ट्रिय झन्डा आधा झुकाएर सरकारले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति राज्यको तर्फबाट औपचारिक सम्मान र श्रद्धाञ्जली व्यक्त गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×