मोरङ कारागारमा पुनः झडप, थप १८ कैदीबन्दी अन्य जिल्लामा स्थानान्तरण

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार २०:१०

विराटनगर । मोरङ कारागारभित्र कैदीबन्दीबीच पुनः विवाद र झडप भएपछि प्रशासनले थप १८ जना कैदीबन्दीलाई अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरेको छ । विराटनगर महानगरपालिका–८ स्थित कारागारको  ‘बी’ ब्लकमा समूह खडा गरी अराजकता मच्चाएको र अन्य कैदीबन्दीलाई यातना दिएको आरोपमा उनीहरूलाई सोमबार स्थानान्तरण गरिएको हो ।

यसअघि, कारागारभित्र वर्षौंदेखि आफ्नो दबदबा कायम राख्दै आएका मुख्य नाइके भारतीय नागरिक चञ्चल बरमन र मनिष विश्वकर्मासहित १९ जनालाई सात जिल्लाका विभिन्न कारागारमा पठाइएको थियो । उक्त कारबाहीको तीन दिन बित्न नपाउँदै सोही समूहका बाँकी सदस्यहरूबीच फेरि आन्तरिक विवाद र झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले थप कडा कदम चालेको जनाएको छ ।

Advertisement

‘बी’ ब्लकभित्र कैदीबन्दीका दुई समूहबीच सोमबार दिउँसो झगडा भएको जिल्ला कारागार मोरङका प्रमुख राजन घिमिरेले जानकारी दिए । उनका अनुसार यसअघि स्थानान्तरण गरिएका कैदीहरूकै समूहका सदस्यहरूले पुनः विवाद गर्न थालेपछि थप १८ जनालाई अन्य कारागार पठाइएको हो ।

कारागार प्रशासनका अनुसार १० जनालाई मकवानपुरको भीमफेदी कारागार, ३ जनालाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) कारागार, ३ जनालाई चितवन कारागार र २ जनालाई सुनसरीको झुम्का कारागारमा स्थानान्तरण गरिएको छ ।  कारागारभित्र अशान्ति फैलाउने र नियम उल्लंघन गर्नेहरूलाई स्थानान्तरण गरेपछि अहिले त्यहाँको स्थिति सामान्य र शान्त रहेको कारागार प्रशासनले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा पुनः झडप, थप १८ कैदीबन्दी अन्य जिल्लामा स्थानान्तरण
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
प्रमाण नष्ट गर्न खोजेको आरोपमा स्ववियु सभापति यादव पक्राउ 
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
'हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ' (सम्बोधनको पूर्णपाठ)
‘हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ’ (सम्बोधनको पूर्णपाठ)
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
भोटेकोशीले खोस्यो छोरी–नातिनी, विराटनगरबाट बाटो हेर्दै ८४ वर्षीया आमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×