
काठमाडौं । नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकाबाट प्रहरीले स्रोत नखुलेको २१ लाख ६० हजार नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित सडक खण्डमा प्रतापपुर गाउँपालिका–६ गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र सोही ठाउँका २० वर्षीय अभिनन्दन गुप्तालाई स्रोत नखुलेको रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बेलाटारीस्थित सडक खण्डमा शंकास्पद रूपमा आइरहेको भारतीय नम्बर यूपी ५६ बीएच ६५५६ को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लुकाई–छिपाई ल्याइएको अवस्थामा स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । नगद र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर हाल इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























