अलैँचीको मूल्य प्रतिमन ८५ हजार

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १०:५६

ताप्लेजुङ । ताप्लेजुङमा अलैँचीको मूल्य बढेर प्रतिमन ८५ हजार रुपैयाँ पुगेको छ । सदरमुकाम फुङ्लिङमा अलैँची प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।

जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको महत्वपूर्ण स्रोत हो।  जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक अधिकांश वडामा अलैँची खेती हुँदै आएको छ ।

Advertisement

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ ।

अलैँचीको उत्पादन र बजार मूल्यले किसानको आयआर्जनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले जिल्लाका अधिकांश किसान यसको खेतीमा आबद्ध छन् । मैवाखोला गाउँपालिका–३ साँघुका किसान भट्टीमा अलैँची सुकाउँदै गरेका देखिन्छन् ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×