जेनजी सहिदको सम्झनामा मोरङ उद्योग व्यापार संघमा दीप प्रज्वलन

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १०:५५
जेनजी सहिदको सम्झनामा मोरङ उद्योग व्यापार संघमा दीप प्रज्वलन

विराटनगर । मोरङ उद्योग व्यापार संघले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा गरेको छ ।

संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा संघ परिसरमा आयोजित कार्यक्रममा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिर शान्तिको कामना गरिएको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै संघका अध्यक्ष राठीले जेनजी सहिदहरूको बलिदानबाट आएको परिवर्तनलाई आत्मसात् गर्दै उनीहरूले देखेको सपना साकार पार्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए । उनले सहिदका अधुरा सपना पूरा गर्न तथा मुलुकको विकासमा निजी क्षेत्र, उद्योगी–व्यवसायीबाट हर सम्भव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, उपाध्यक्ष विकासकुमार बेगवानी, महासचिव संयोजककुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईंलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले जेनजी सहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूको सपना र आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×