घट्यो सुनचाँदीको मूल्य

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १०:५६
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९ हजार २ सय ६० रुपैयाँ तोकिएको छ ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार ७३ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×