सालको काठ चिरान गरिरहेका दुई जना इलाममा पक्राउ

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १३:५७

इलाम । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा धरान थापेर सालको काठ चिरान गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका–९ विष्ट गाउँका ५६ वर्षीय राजेन्द्र राई र सोही ठाउँका ५० वर्षीय पेम्वा हेल्मु छन् ।

विष्ट गाउँका राजेन्द्र राईसहितका व्यक्तिले साल जातको रुख कटान गरिरहेको भन्ने विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय, इलामका वन अधिकृत भुवनमणि शर्माको नेतृत्वमा माई सब–डिभिजन वन कार्यालय सुखानीका सशस्त्र वन रक्षकसहितको संयुक्त गस्ती टोली परिचालन गरिएको थियो ।

Advertisement

गस्तीका क्रममा उनीहरूलाई रुख कटान गरी धरान थापेर काठ चिरान गरिरहेको अवस्थामा पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । पक्राउ तथा बरामद कार्यमा प्रहरी चौकी चिसापानीका प्रहरी सहायक निरीक्षक चन्द्रकान्त रायको नेतृत्वको टोलीले समेत सहयोग गरेको थियो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी भुवनमणि शर्माका अनुसार घटनास्थलबाट सालका चार वटा गोलिया र चिरान हुँदै गरेका दुई वटा फक्लेटासहित ६ थान काठबाट ३३.५३ घन फिट तथा चिरान भइसकेका आठ थानबाट ८.१७ घन फिट काठ बरामद गरिएको छ । यसरी जम्मा १४ थानमा ४१.७० घन फिट काठ बरामद भएको हो ।

यस्तै, काठ कटान तथा चिरानमा प्रयोग गरिएको गोरखपुरे चिरान आरा, गल, आराको दाँत मिलाउने नारिस्, मिटर टेप र दाउसमेत बरामद गरिएको कार्यालयले जनाएको छ । बरामद काठको बिगो ५६ हजार २१० रुपैयाँ कायम गरिएको छ । घटनामा थप क्षति भएको भए त्यसको जाँचबुझ तथा घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी शर्माले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिमाथि वनसम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने वन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाढीमा बेपत्ताको खोजी जारी, सुखद समाचारको आशा मारेका छैनौँ : लामिछाने
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
लागुऔषध मुद्दाका फरार प्रतिवादी पुनः लागुऔषधसहित पक्राउ
जेनजी आन्दोलनको मर्मअनुसार सरकार र दलले काम गर्नुपर्ने सांसदहरूको जोड
भोटेकोशी बाढीः ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुग्यो
सालको काठ चिरान गरिरहेका दुई जना इलाममा पक्राउ
प्रधानमन्त्री शाहद्वारा बाढीपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल
लोमान्थाङमा २४ घण्टामा ७ पटक भूकम्प, अधिकांश घर चर्किए
जेनजी आन्दोलनमाथिको दमन र हिंसाबारे निष्पक्ष छानबिन गरौँ : प्रचण्ड
राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वव्यापी ऐक्यबद्धतामा नेपालको जोड
हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×