लागुऔषध मुद्दाका फरार प्रतिवादी पुनः लागुऔषधसहित पक्राउ

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १५:१०
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 

धरान । लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादी सुनसरीको धरानबाट पुनः लागुऔषधसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बुधबार बिहान १०ः४० बजेतिर धरान उपमहानगरपालिका–१३ स्थित आफ्नै घरबाट २५ वर्षीय रुस्तम राईलाई पक्राउ गरेको हो । राईलाई जिल्ला अदालत काठमाडौंले २०८२ साल पुस २३ गते लागुऔषध मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।

Advertisement

उक्त सजाय भुक्तान गर्न बाँकी रहेका उनी प्रहरीको फरार सूचीमा थिए । अदालतले तोकेको कैद र जरिबाना भुक्तान नगरिकन फरार रहेका राईलाई लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पुनः पक्राउ गरिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार राईको साथबाट १ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । राईमाथि इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×