भोटेकोशी बाढीपीडितका लागि सीजी फुड्सका श्रमिक र कर्मचारीले दिए एक दिनको पारिश्रमिक

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १८:१६

सुनसरी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सीजी फुड्स इन्डष्ट्रिज सुनसरीमा कार्यरत श्रमिक तथा कर्मचारीहरूले एक दिनको आधारभूत पारिश्रमिक सहयोग गरेका छन् ।

सुनसरीको गढी गाउँपालिका–२ मा रहेको सीजी फुड्स इन्डष्ट्रिजमा कार्यरत श्रमिक तथा कर्मचारीहरूले आफ्नो एक दिनको आधारभूत पारिश्रमिकबाट रकम कट्टा गरी १ लाख ५६ हजार ८ सय ५२ रुपैयाँ ६० पैसा संकलन गरेका हुन् । संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको छ ।

Advertisement

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा लगायतका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले श्रमिक तथा कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट रकम सहयोग गरेका हुन् । इन्डष्ट्रिजमा कार्यरत श्रमिक तथा कर्मचारीहरूको सहयोगले विपद्का बेला मानवीय सहकार्य र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता देखाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×