बाढीपीडितका लागि मुन्दडा परिवारद्वारा ५१ लाख सहयोग

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार ०९:०३
बाढीपीडितका लागि मुन्दडा परिवारद्वारा ५१ लाख सहयोग

विराटनगर । देवेनरा मुन्दडा परिवारले भोटोकोशी बाढी पीडितका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
परिवाद्वारा स्थापित विभिन्न औद्योगिक, व्यावसायिक प्रतिष्ठान एव ट्रस्टहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समूहका बेनीगोपाल मुन्दडा, नन्दकिशोर मुन्दडा, प्रकाश मुन्दडालगायतले चेक हस्तान्तरण गरेका छन् ।

Advertisement

यसअघि यो समूहसमेत संलग्न रहेको हिमगिरी हाइजिनको तर्फबाट बाढी प्रभावित क्षेत्र तथा पीडितका लागि ७० लाख रुपैयाँ बराबरको सरसफाइ तथा सेनिटेसन सम्बन्धी अत्यावश्यक राहत सामग्री उपलब्ध गराई सहयोग गरी सकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×