
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
१० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि आज प्रतितोला २ सय ५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
१० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ तोकिएको छ ।



















