
काठमाडौं । युनाइटेड नेपाली डायस्पोराले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५१ लाख ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ । अध्यक्ष सोनाम लामाको नेतृत्वमा रहेको युनाइटेड नेपाली डायस्पोराको टोलीले आज (शुक्रबार) सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
उक्त अवसरमा नेपाल बाहिर रहेर पनि नेपालमा विपद् पर्दा आफूले सकेको योगदान गरेकामा परराष्ट्रमन्त्री खनालले सम्पूर्ण युनाइटेड नेपाली डायस्पोरा परिवारप्रति सरकार र परराष्ट्र मन्त्रालयको तर्फबाट धन्यवाद व्यक्त गरे ।
मन्त्री खनालले परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीहरूसँगको सम्बन्धमा नेपाल आउन–जान, घरजग्गा खरिद–बिक्री, तथा अन्य व्यावहारिक क्रियाकलाप गर्न आवश्यक कानुनहरू संशोधनको चरणमा रहेको जानकारी दिए ।



















