
झापा । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ती महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै दिएको उजुरीका आधारमा बिहीबार साँझ प्रहरी चौकी शरणामतीबाट खटिएको टोलीले गणेशलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















