
काठमाडौं । पर्साबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमारलाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका अशोक कुमारको साथबाट भारतीय रुपैयाँ चार लाख ५० हजार बरामद भएको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिकीमा लुकाइएका ५०० दरका ८९१ थान, २०० दरका नोट र १०० दरका ४३ थान नोट बरामद गरेको र अशोक कुमारलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

























