सुनको मूल्य बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ११:०३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार २०० रुपैयाँले बढेको हो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ तथा १० ग्राम चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×