मोरङ उद्योग व्यापार संघको कार्य समितिले पायो पूर्णता 

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार १८:२४
मोरङ उद्योग व्यापार संघको कार्य समितिले पायो पूर्णता 

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् ।  संघको ३५ औँ कार्य समितिको अध्यक्षमा साह निर्विरोध चयन भएका हुन् ।

नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्यतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योगतर्फको उपाध्यक्षमा संजयकुमार श्रेष्ठ र महासचिवमा अमितकुमार सारडा चयन भएका छन् ।

Advertisement

त्यस्तै, सचिवमा अमित राठी र दीपेश सुवेदी, कोषाध्यक्षमा विनीत संघानिया तथा सहकोषाध्यक्षमा मनिष मारु चयन भएका छन् । संघको प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन् ।

कार्य समिति सदस्यमा राजेशकुमार अग्रवाल, विवेक अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिस गोल्छा, वेदान्त जाजु, डा. वन्दना जैन, लोकेश टिवडेवाल, धिरज मोहत र ओमप्रकाश शर्मा चयन भएका छन् । आमन्त्रित सदस्यमा डा. दीपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल चयन भएका छन् ।

संघअन्तर्गतको महिला उद्यम समितिको संयोजकमा साधना झा र सहसंयोजकमा जीना श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×