सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १०:५६
घट्यो सुनको मूल्य  

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार यसको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ थियो । यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ ।

Advertisement

चाँदीको मूल्य पनि सोमबार प्रतितोला ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार यसको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो । १० ग्राम चाँदीको मूल्य भने ३ हजार ९६१ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×