
काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्न रोक लगाएपछि विवाद उत्पन्न भएको छ ।
प्रसाईं विमानस्थलबाट बाहिरिने क्रममा समर्थक तथा युट्युबरहरू उनको प्रतिक्रिया लिन पुगेका थिए । तर, विमानस्थल परिसरमा प्रसाईंलाई पत्रकारसँग ‘बाइट’ दिन प्रहरीले रोकेपछि उनीहरूबीच भनाभन हुँदै अवस्था तनावपूर्ण बनेको हो ।
प्रहरीसँग विवाद भएपछि प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुदन गुरुङप्रति आक्रोश व्यक्त गर्दै उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले प्रधानमन्त्री शाहलाई ‘बालेन चोर’ तथा गृहमन्त्री गुरुङलाई ‘टीओबीको दलाल’ भन्दै आलोचना गरेका थिए ।
प्रसाईंले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाउँदै संसद् भवन र सिंहदरबारमा आगजनी हुँदा प्रहरी कहाँ थियो भन्दै आक्रोश पोखेका थिए । विमानस्थलमा केहीबेर प्रहरी र प्रसाईंका समर्थकबीच घम्साघम्सीको अवस्था बनेपछि प्रहरीले नागरिक बचाउ महाअभियानका बागमती संयोजकलाई नियन्त्रणमा लिएको छ ।
घटनापछि महाअभियानका नेता माधव खतिवडाले एक जना व्यक्तिसँग सिंगो राज्य डराएको भन्दै सरकार र प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रसाईं भने समर्थकहरूसहित विमानस्थलबाट बाहिरिएर घरतर्फ लागेका छन् ।
उनले झापाबाट काठमाडौं ओर्लिएपछि त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा कार्यक्रम आयोजना गर्न खोजेका थिए । तर, प्रहरीले रोक लगाएर उनलाई भक्तपुरस्थित घर पठाएको छ ।
यसअघि प्रहरीसँग घम्घाघम्सी भन्ने समाचार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

























