तिजमा विराटनगरका शिवालयमा व्रतालु महिलाको भिड (फोटो फिचर)

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १५:०२
तीजमा विराटनगरका शिवालयमा व्रतालु महिलाको भीड (फोटो फिचर)

विराटनगर । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज सोमबार देशभर शिव पार्वतीको पूजा आराधना गरी मनाइँदै छ। तिजका अवसरमा बिहानैदेखि देशभरका शिवालयमा व्रतालु महिलाको भिड लागेको छ ।

Advertisement

विराटनगरका विभिन्न शिवालयमा पनि बिहानैदेखि पूजा आराधना गर्ने महिलाको घुइँचो देखिएको छ। पूजा सकेपछि महिलाहरू सामूहिक रूपमा नाचगान गर्दै तिज मनाइरहेका छन्।

धार्मिक मान्यताअनुसार तीजमा व्रत बसी भगवान् शिव र पार्वतीको पूजा तथा उपासना गरे सुख, शान्ति, पारिवारिक कल्याण र मनोकामना पूरा हुने विश्वास छ। तिजको व्रत निराहार, जलाहार र फलाहार गरी तीन प्रकारले बस्न सकिने धर्मशास्त्रविद्हरू बताउँछन्।

तिजको व्रत श्रीमान्को दीर्घायुका लागि मात्र नभई अटल सौभाग्य, सन्तान प्राप्ति तथा असल जीवनसाथीको कामनाका लागि पनि बस्ने धार्मिक परम्परा रहेको बताइन्छ।

तिजको औपचारिक सुरुवात अघिल्लो दिन दर खाने परम्पराबाट हुन्छ। पछिल्ला वर्षमा भने तिजका नाममा बढ्दो तडकभडक, महँगा गरगहना तथा पोसाक प्रदर्शनले पर्वको मौलिकता कमजोर बनाएको भन्दै आलोचना हुँदै आएको छ। संस्कृतिविद्हरूले तीजलाई मौलिक संस्कृति, सद्भाव र संयमताका साथ मनाउन आग्रह गरेका छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×