प्रधानमन्त्रीसँगको छलफललगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १६:५८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग गरेको छलफलमा सहभागी भएर बाहिरिएका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ परेका छन् ।

प्रधानमन्त्रीसँगको छलफल सकेर सिंहदरबारको गेटबाट बाहिरिने क्रममा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको हो । उनी बाढी प्रभावित क्षेत्रका समस्याका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्न सोमबार सिंहदरबार पुगेका थिए ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो । पक्राउपछि उनलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको जानकारी उनले दिए ।

तामाङलाई सिंहदरबार गेटबाटै प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानमन्त्रीसँगको छलफलमा सहभागी भएर फर्किंदै गरेका जनप्रतिनिधि पक्राउ परेको विषय चर्चामा आएको छ । प्रधानमन्त्री शाहले सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग प्रभावित क्षेत्रको अवस्था, समस्या र आवश्यक सहयोगका बारेमा छलफल गरेका थिए ।

तामाङ पनि उक्त छलफलमा सहभागी थिए । प्रधानमन्त्रीसँगको छलफललगत्तै उनी पक्राउ परेका हुन् ।

तपाइको प्रतिक्रिया
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
प्रधानमन्त्रीसँगको छलफललगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष
उदयपुरका वन अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
‘ग्रीन आर्मी’को वैधानिकतामाथि प्रश्न, सरकारसँग सर्वोच्चले माग्यो जवाफ
विराटनगर बारका पूर्वअध्यक्ष न्यौपानेको निधन
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
वेश्यागमनको प्रचार गरेको आरोपमा पाँचथरका युवक पक्राउ
पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
विपदमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण सरकारले गर्ने
चाडपर्वमा महँगीको मार, यात्रामा सास्ती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×