सीपलाई रोजगारीसँग जोड्न सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना हुने

Share this
820shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १९:५५
सीपलाई रोजगारीसँग जोड्न सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना हुने

विराटनगर । युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्ने उद्देश्यले  ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने तयारी थालेको छ । सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने लक्ष्यसहित मन्त्रालयले कोशी प्रदेशको इटहरीबाट मेला सुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) तथा निजी क्षेत्रका प्रतिनिधिबीच आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजारलाई व्यवस्थित गर्ने विषयमा सोमबार बृहत् छलफल भएको छ । मन्त्रालयको टोलीले इटहरी पुगेर स्थानीय उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालासँग मेलाको तयारी र प्रभावकारिताबारे छलफल गरेको हो ।

Advertisement

सरकारले अघि सारेको  ‘रोजगार प्रवर्द्धन दशक २०८३/८४–२०९२/९३’ लाई प्रभावकारी बनाउन इटहरीबाट सुरु हुने मेला क्रमशः देशका सातै प्रदेशमा विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मेला केवल औपचारिक कार्यक्रमका रूपमा सीमित गरिने छैन । रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको माग पहिचान गरी त्यसअनुसार सीप तथा तालिम प्रदान गर्ने र तालिमपछि सोझै रोजगारीमा जोड्ने व्यवस्था मिलाइनेछ ।

मेलामार्फत कृषि, अटोमोबाइल, कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधिलगायतका क्षेत्रमा आवश्यक सीपमूलक तालिम उपलब्ध गराउने लक्ष्य राखिएको छ । विशेषगरी निजी क्षेत्रका उद्योग तथा व्यवसायले खोजेको जनशक्ति र युवाको सीपबीचको दूरी कम गर्ने गरी कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले  ‘सीप तथा रोजगार मेला’ सफल बनाउन आवश्यक सहकार्य गर्न आफूहरू सकारात्मक रहेको बताएका थिए । उनीहरूले उद्योग तथा व्यवसायको वास्तविक आवश्यकताअनुसार तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्रालयले उद्योग तथा व्यवसायीलाई आगामी पाँचदेखि छ महिनामा आवश्यक पर्ने जनशक्तिको संख्या र आवश्यक सीपको स्तरबारे स्पष्ट माग प्रस्तुत गर्न आग्रह गरेको छ । सोही मागका आधारमा आवश्यक तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्न मन्त्रालय तयार रहेको बताइएको छ ।

छलफलमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको मुख्य उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउँदै सकेसम्म धेरै युवा जनशक्तिलाई स्वदेशमै रोजगारीसँग जोड्नु रहेको बताए ।

उनले निजी क्षेत्रको आवश्यकता र युवाको सीपलाई एकै ठाउँमा जोड्न सके स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न सकिने धारणा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
५२ जना उपसचिव र शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचिसहित)
कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट दरपिठ
सीपलाई रोजगारीसँग जोड्न सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना हुने
सीपलाई रोजगारीसँग जोड्न सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना हुने
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
सरकारी पदको झुटो परिचय दिँदै धाकधम्की, झापामा युवक पक्राउ
मोरङको बूढीगंगामा दुर्घटना, सशस्त्रका सहायक हवल्दारको मृत्यु
प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड
जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी काठमाडौंमा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
प्रधानमन्त्रीसँगको छलफललगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×