दमकको झाडीमा भेटिए गोली, धेरै हतियार अझै गायब

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार ०६:४९
फाइल फोटो ।

झापा । जेनजी आन्दोलनको आवरणमा आपराधिक समूहले इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको ३१ राउन्ड गोली एक वर्षपछि झाडीमा फेला परेका छन् । दमक नगरपालिका–५ स्थित खरखरे खोलानजिक पैनीको डिलमा रहेको झाडीमा कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा गोली भेटिएको प्रहरीले जनाएको छ ।

लागुऔषध सेवनकर्ताहरूको गोप्य अखडा खोज्ने क्रममा ‘स्वीप अपरेसन’मा खटिएको प्रहरी टोलीले गोली फेला पारेको हो । उक्त गोली इन्सास राइफलमा प्रयोग हुने प्रहरीले जनाएको छ ।

Advertisement

जेनजी आन्दोलनकै क्रममा दमकस्थित प्रहरी कार्यालयबाट लुटिएको एक थान सर्ट गन यसअघि भदौ ६ गते बरामद भएको थियो । मोरङको उर्लाबारी नगरपालिका–६ घर भई दमक–१ मा मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्णलाई पक्राउ गरी अनुसन्धान गर्दा दमक–४ त्रिवेणी चोकस्थित खयरबारीमा लुकाइएको अवस्थामा सर्ट गन भेटिएको थियो । सर्ट गन दुई टुक्रा भएको अवस्थामा थियो ।

तर, प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोलीको ठूलो हिस्सा अझै फेला परेको छैन । आन्दोलनका क्रममा दमकस्थित प्रहरी कार्यालयबाट ५५ थान हतियार, ८७ थान म्याग्जिन र पाँच हजार ९८२ राउन्ड गोलीसहित अन्य सुरक्षासामग्री लुटिएका थिए ।

प्रहरीका अनुसार हालसम्म ४३ थान हतियार, ४० थान म्याग्जिन र एक हजार ७७८ राउन्ड गोली बरामद भएका छन् । अझै १२ थान हतियार, ४७ थान म्याग्जिन र चार हजार २१० राउन्ड गोलीसहित ठूलो परिमाणको सुरक्षासामग्री फेला पर्न बाँकी छ ।

गायब सामग्रीमा दुई थान इन्सास, एक थान एसएलआर, दुई थान एसएमजी, सर्ट गन, ग्यास गन, ३०३ राइफल, टी–५४ र टी–७७ लगायतका हतियार तथा तिनमा प्रयोग हुने गोली र म्याग्जिन छन् । लुटिएका हतियार आपराधिक समूह वा अन्य व्यक्तिको हातमा पुग्न सक्ने जोखिम रहेकाले बाँकी हतियार तथा गोलीको खोजीलाई प्राथमिकतामा राखिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेत ले बताए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार कि गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
यूएनडीपीको गाडीको ठक्करमा रास्वपा सांसदको गाडी
मोरङमा धानखेतको आली हुँदै नेपाल भित्राउँदै गर्दा सात हजार चल्ला बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×