संखुवासभामा धेरै भारी वर्षा

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार ०७:१७

विराटनगर । संखुवासभामा पछिल्लो २४ घण्टामा धेरै भारी वर्षा भएको छ । जिल्लाको ‘टाशी गाउँ स्नो’ वर्षा मापन केन्द्रमा १६६ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार संखुवासभासहित भक्तपुर, मकवानपुर, उदयपुर तथा दैलेख–जाजरकोटको सीमा क्षेत्रमा पनि भारीदेखि धेरै भारी वर्षा भएको छ । भक्तपुरको चाँगुनारायण स्टेशनमा १११ मिलिमिटर वर्षा मापन भएको छ । संखुवासभा र भक्तपुरमा मापन भएको वर्षालाई धेरै भारी वर्षाका रूपमा वर्गीकरण गरिएको छ ।

Advertisement

यस्तै, मकवानपुरमा ८४ दशमलव ४, उदयपुरमा ५९ र दैलेख–जाजरकोटको सीमा क्षेत्रमा पर्ने कट्टी स्टेशनमा ५६ मिलिमिटर वर्षा मापन भएको छ । यी स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । भक्तपुरमा धेरै भारी वर्षापछि मनोहरा खोलामा बाढीसमेत आएको छ ।

मौसमविद्का अनुसार २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई धेरै भारी वर्षा मानिन्छ । २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भनिन्छ । त्यस्तै, ५० देखि १०० मिलिमिटरसम्म भारी र १० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।

महाशाखाले मंगलबार पनि देशभर मौसम बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छः थापा
सर्तसहित सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला
भोटेकोशी बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठनको तयारी
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार किन गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×