मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १०:४६
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

सिराहा । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका छोरा आयान्स कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान घरअगाडि खेलिरहेका बालकलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गोलबजारतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

Advertisement

घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×