एटिएमबाट अब सय रुपैयाँका नोट पनि निकाल्न मिल्ने

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १३:२५
एटिएमबाट अब सय रुपैयाँका नोट पनि निकाल्न मिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटिएम मेसिनबाट १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, आन्तरिक प्रशासन फाँटले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटिएमबाट हाल वितरण हुँदै आएका १ हजार र ५ सय रुपैयाँका नोटसँगै १ सय रुपैयाँ दरका नोट पनि उपलब्ध गराउन आग्रह गरेको हो ।

Advertisement

नजिकिँदै गरेको बडा दशैंलाई मध्यनजर गर्दै एटिएमबाट १ सय रुपैयाँका नोट वितरण गर्न सके बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्न आउने ग्राहकको भीड उल्लेख्य रूपमा कम हुने राष्ट्र बैंकले जनाएको छ ।

ग्राहकबाट पनि एटिएममार्फत १ सय रुपैयाँ दरका नोट उपलब्ध गराउनुपर्ने माग बेलाबेलामा आउने गरेको राष्ट्र बैंकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×