उद्योग संगठन र व्यापार संघबीच सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार २०:१६
उद्योग संगठन र व्यापार संघबीच सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 

विराटनगर । उद्योग संगठन मोरङले मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ । नवनिर्वाचित संघका अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारी तथा कार्य समिति सदस्यहरूलाई संगठनको कार्य समितिले स्वागत, सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।

उद्योग संगठन मोरङले आयोजना गरेको स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई ऐतिहासिक संस्थाबीच लामो समयदेखि प्रगाढ आत्मीय सम्बन्ध र निरन्तर सहकार्य रहँदै आएको स्मरण गरे । उनले आगामी दिनमा यो सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र नतिजामुखी बनाउँदै लैजाने स्पष्ट पारे ।

Advertisement

अध्यक्ष राठीले मुलुकको समग्र निजी क्षेत्रले अहिले नीतिगत स्थायित्वको अभाव, औद्योगिक पूर्वाधारको कमी, उच्च उत्पादन लागत र बजार विस्तारलगायतका गम्भीर चुनौतीहरू सामना गरिरहेको बताए । वर्तमान आयातमुखी अर्थतन्त्रलाई उत्पादनशील र निर्यातमुखी बनाउन निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूबीचको पारस्परिक सहकार्य अपरिहार्य रहेको धारणा उनले व्यक्त गरे ।

यसैगरी, मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष साहले उद्योग, व्यापार तथा समग्र निजी क्षेत्रको हकहितका साझा मुद्दाहरूमा संस्थागत सहकार्यलाई अझ मजबुत र परिणाममुखी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे । उनले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन तथा लगानीमैत्री वातावरण सिर्जना गर्न निजी क्षेत्रका संस्थाहरूबीच बलियो ऐक्यबद्धता आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष अनुपम राठी तथा संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले मन्तव्य व्यक्त गर्दै निजी क्षेत्रका साझा एजेन्डा, औद्योगिक विकास र व्यावसायिक सुरक्षाका लागि आपसी एकता र संयुक्त सहकार्यलाई थप घनीभूत बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा दुवै संस्थाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
दीपेन्द्रको कप्तानीमा नेपाली टोलीको घोषणा
विराटनगर किङ्सद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा
उद्योग संगठन र व्यापार संघबीच सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 
उद्योग संगठन र व्यापार संघबीच सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 
कोशीमा क्षतिपूर्ति कार्यविधि स्वीकृत, आयोजना निर्माणले गति लिने
चिया मजदुरका माग पूरा गर्न माग
चिया मजदुरका माग पूरा गर्न माग
हिउँदमा लोडसेडिङ हुन नदिने प्राधिकरणको तयारी
हिउँदमा लोडसेडिङ हुन नदिने प्राधिकरणको तयारी
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
देउवाद्वारा पार्टी एकताका लागि ७ बुँदे अपिल जारी, असोजको महाधिवेशनप्रति आपत्ति
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
नेप्से ४८.५७ अंकले बढ्यो, ८ अर्ब २९ करोडको कारोबार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×