
काठमाडौं । जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार प्रतियोगिताका लागि अन्तिम टोली सार्वजनिक गरेको हो । टोलीको कप्तानीको जिम्मेवारी दीपेन्द्रलाई दिइएको छ ।
घोषित टोलीमा युवा खेलाडी लोकेश बम, नन्दन यादव र शेर मल्लले पनि स्थान बनाएका छन् ।
नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल ।



















