निजी क्षेत्रको समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री कार्की

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार ०९:१८
निजी क्षेत्रको समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारी तथा सदस्यहरूले भेटघाट गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा मुख्यमन्त्री कार्कीले संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

Advertisement

संघका अध्यक्ष साहको नेतृत्वमा भएको भेटमा कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा महिला उद्यम समितिका पदाधिकारीहरूको सहभागिता थियो । मुख्यमन्त्री कार्कीले नयाँ कार्यसमितिले उद्योगी तथा व्यवसायीको हितमा उपलब्धिमूलक काम गर्न सक्ने अपेक्षा व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए ।

भेटमा मुख्यमन्त्री कार्कीले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताए । उनले उद्योग–व्यवसायमैत्री नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

निजी क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले मोरङ उद्योग व्यापार संघसँग निजी क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा संयुक्त रूपमा छलफल तथा बहस गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा संघका अध्यक्ष अनिलकुमार साहले मुख्यमन्त्रीबाट प्राप्त आत्मीय आतिथ्यता तथा शुभकामनाप्रति आभार व्यक्त गरे । उनले प्रदेशको औद्योगिक तथा आर्थिक विकासमा संघले सरकारसँग सहकार्य गर्दै सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

संघका निवर्तमान अध्यक्ष अनुपम राठीले कोशी प्रदेश सरकार र निजी क्षेत्रबीच सशक्त समन्वयमार्फत औद्योगिक विकास, रोजगारी सिर्जना तथा समग्र प्रदेशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सकिने धारणा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छः थापा
सर्तसहित सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला
भोटेकोशी बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठनको तयारी
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार किन गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×