विराटनगरबाट गाँजासहित युवक पक्राउ

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १६:४५

विराटनगर । विराटनगरबाट गाँजासहित सशस्त्र प्रहरीले बुधबार दिउँसो एक युवकलाई पक्राउ गरेको छ ।

धनकुटाको सहिदभूमि गाउँपालिका–५ का १९ वर्षीय अजित राईलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार राईलाई विराटनगर महानगरपालिका–७ भृकुटी चोकबाट पक्राउ गरिएको हो ।

Advertisement

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङबाट खटिएको टोलीले इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा ९६ प ४५२५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा २ वटा कालो झोलामा राखेर लैजाँदै गरेको अवस्थामा २० किलो गाँजा बरामद भएको एसपी भण्डारीको भनाइ छ ।

गाँजा फेला परेपछि गाँजा प्याक गरिएको झोला समातेर मोटरसाइकलको पछाडि बसेका राई पनि पक्राउ गरिएको उनले बताए । मोटरसाइकल चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त गाँजा नेपालबाट भारततर्फ लैजान खोजिएको हुन सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरीले बरामद गरिएको गाँजा, मोटरसाइकल र पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।

तपाइको प्रतिक्रिया
कबाडीमा ठूलो खेल : अर्बौंको कारोबार, हराउँदै भ्याट
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
सुरुङभित्र उद्धार अभियान तीव्र, १० शव भेटिँदा ३ जनाको जीवितै उद्धार
आमालाई ६ महिना प्रसूति र बुवालाई ४२ दिनसम्म स्याहार बिदा दिने तयारी
मन्त्रिपरिषद्का ६ निर्णयः डिजिटल शासनदेखि सचिव बढुवासम्म
अख्तियारका कर्मचारीद्वारा बाढीपीडितका लागि ६१ लाख
कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ प्रतिनिधि सहभागी हुने
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण
सुनखानी भत्किँदा कम्तीमा ६० जनाको मृत्यु
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×