कारबाट ४ वटा पेस्तोल र गोली बरामद

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १३:१७

पर्सा । पर्साको वीरगन्जमा बेवारिसे अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र छ थान गोली बरामद भएको छ ।

वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तुबिहार चोकमा बुधबार बेवारिसे अवस्थामा यूपी १६ एजे ३३०१ नम्बरको कार फेला परेको थियो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले कारको खानतलासी गर्दा हतियार र गोली फेला पारेको हो ।

Advertisement

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा टोली परिचालन गरिएको थियो । कारबाट दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल तथा ७.६२ एमएमका ६ थान गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएका हतियार, गोली र कारलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×