प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन भयो साढे १४ अर्ब

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १६:४०

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज (बिहीबार) बिहानसम्म विभिन्न नौवटा बैङ्कमा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ रुपैंयाँ मौज्दात छ।

त्यस्तै, कोषका दुई वटा बैङ्कमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ रुपैंयाँ जम्मा भएको हो।

Advertisement

कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैंयाँ निकासा भइसकेको छ।

सरकारले हालै रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ। जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि दुई हजार रुपैंयाँ अतिरिक्त उपलब्ध गराइने छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×