नेप्से ११.९३ अंकले बढ्यो

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १६:५७

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज (बिहीबार) ११.९३ अंकले बढेर २ हजार ६२४ अंकमा पुगेको छ । कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार जीवन बीमा समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । यो समूह १.०८ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ समूह ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ र व्यापार समूह ०.२२ प्रतिशतले बढेका छन् ।

Advertisement

लगानी समूह ०.१८ र अन्य समूह ०.०४ प्रतिशतले घटेका छन् । आज १७७ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको घटेको छ भने १६ कम्पनीको मूल्य स्थिर रह्यो । धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १२.४३ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंक ६.४४, माउन्टेन हाइड्रो नेपाल ५.५१ र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ४.१९ प्रतिशतले बढेको छ ।

यस्तै, हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य २.९७, सीवाईसी लघुवित्त २.८० र सिर्जनशील लघुवित्तको २.७८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र पिपुल्स हाइड्रोपावर अगाडि रहे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×